काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘हामी राष्ट्रपति मादुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं। भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक र सामाजिक भविष्य आफैंले निर्धारण गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ।’

वक्तव्यमा भनिएको छ कि कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर र विश्व शान्तिका आधारभूत मान्यताहरूको स्पष्ट उल्लङ्घन हो। ‘यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको छ,’ वक्तव्यमा उल्लेख छ।

मादुरोलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै पार्टीले यसलाई लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्वव्यवस्थाका लागि पूर्ण रूपमा अस्वीकार्य ठानेको जनाएको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com