काठमाडौं ।  महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

advertisement

रास्वपा स्रोतका अनुसार सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने गरी बालेनलाई वरिष्ठ नेता नियुक्त गरिएको हो।

बालेनको टिमबाट सुनिल लम्साललाई महामन्त्रीको जिम्मेवारी दिइएको छ भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य बनेका छन्।

त्यस्तै, अन्य केन्द्रीय सदस्यहरूमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com