काठमाडौँ । पछिल्लो समय सबै पार्टीसँग समायोजन गर्दै अगाडि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज वृहत् राजनीतिक समायोजन घोषणा सभा गर्दैछ।

कुलमान घिसिङ, बालेन्द्र शाहसहितका नेताहरू भित्रिएर राष्ट्रिय राजनीतिमा तरंग ल्याइरहेको रास्वपामा आजको एकता घोषणा सभामा अर्को समूह पनि समावेश हुने भएको छ।

सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताकार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गर्नेछन्। रञ्जिता श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रोजेपछि असन्तुष्ट बनेका नेताकार्यकर्ता अहिले रास्वपामा समायोजन हुन लागेका हुन्।

यस समायोजनले रास्वपालाई अझ मजबुत बनाउँदै थरुहट–थारुवान क्षेत्रमा पार्टीको उपस्थिति बलियो बनाउने छ। नाउपा अन्तर्गत रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना नेताहरूले नेकपा अस्वीकार गरी रास्वपामा सामेल हुन लागेका हुन्।

उनीहरुलाई पार्टीमा भित्र्याउने सभा आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com