काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिकतर्फको उम्मेदवारी फिर्ता गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा डा. पाँडेले नेतृत्वलाई सहज बनाउने उद्देश्यसहित आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्। प्रवक्ता मनिषका अनुसार बैठक सुरु हुनुअघि नै डा. पाँडेले समानुपातिक सूचीका कारण पार्टी नेतृत्वलाई अप्ठ्यारो परेको महसुस भएकाले सहयोगस्वरूप नाम फिर्ता लिने निर्णय सुनाएका थिए।
यसअघि पनि रास्वपाको समानुपातिक सूचीबाट डा. महेन्द्र लावती, सचिन ढकाल, टासी शेर्पा, आसिफ साह र त्रिशला गुरूङले नाम फिर्ता लिइसकेका छन्।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया