बुटवल । कपिलवस्तुमा विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा सात जना विद्यार्थी घाइते भएका छन्। सोमबार जिल्लाको मायादेवी गाउँपालिका–३ बर्सौलीमा भएको घटनामा घाइते विद्यार्थीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।

शुद्धोदन गाउँपालिका–१ स्थित सनलाइट इङ्लिस बोर्डिङको लु १ क ५७२२ नम्बरको बस फुलीका बाटो हुँदै बगदीतर्फ आउँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

advertisement

घाइते हुनेमा मायादेवी गाउँपालिका–३ खैरेटीका १२ वर्षीय प्रान्सु पाल, १४ वर्षकी अनिता बराई, ११ वर्षीय विशेष थारु, ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदिप यादव, टिकौलीका १० वर्षीय आईसा भट्टराई र १४ वर्षीय गुन्जा कहार रहेका छन्।

घाइते विद्यार्थीहरूलाई तत्काल युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको छ। प्रहरीले बस चालकसँग थप विवरण संकलन गर्दै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com