काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन नहुने स्पष्ट पार्दै मातहतका सबै निकायलाई परिपत्र जारी गरेको छ। आगामी वैशाखमा नियमित महाधिवेशन आयोजना हुने जानकारी दिँदै पार्टीले उक्त परिपत्र तल्ला तहसम्म पठाएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन र पार्टीलाई बहुमत दिलाउने लक्ष्यसहित सबै तहका नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिइएको छ।
पुस १८ गते बसेको कार्यसम्पादन समितिको निर्णयअनुसार जारी गरिएको परिपत्रको मिति पुस १९ राखिएको छ। उक्त परिपत्र नेपाली कांग्रेसले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो।



प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया