एजेन्सी। अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ ।

सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनको घरका झ्यालहरू फुटेका छन् । प्रहरीले घटनामा संलग्न एक जना शंकास्पद व्यक्तिलाई हिरासतमा लिएको छ । भ्यान्सको घर नजिकै आइतबार राति (स्थानीय समयअनुसार) सवा १२ बजे बजेतिर कसैलाई भाग्दै गरेको देखिएको थियो ।

advertisement

अधिकारीहरूका अनुसार जुन समयमा यो घटना भयो, त्यसबेला जेडी भ्यान्स र उनको परिवार घरमा उपस्थित थिएनन् । अहिले हिरासतमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र पस्न सफल भने भएका थिएनन् । जाँच एजेन्सीहरूले यो घटना जानाजानी जेडी भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा यसको पछाडि कुनै अन्य कारण छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यस घटनालाई लिएर मिडियाले ह्वाइट हाउस र सेक्रेट सर्भिसबाट जानकारी मागेका छन्, तर अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

भ्यान्स पछिल्लो एक हप्तादेखि सिनसिनाटीमै थिए, तर आइतबार दिउँसो सहरबाट हिँडेका थिए । उनले घरमा करिब १४ लाख डलर खर्च गरेका छन् र यो करिब २.३ एकडमा फैलिएको छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com