काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै कडा व्यंग्यात्मक टिप्पणी गरेकी छन् ।

घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार सूचीमा भान्जादेखि ससुरासम्मका आफन्तको नाम समावेश गरेको भन्दै व्यापक आलोचना हुँदै आएको छ । आलोचनापछि घिसिङले ती नाम फिर्ता लिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म सूची संशोधन नभएपछि तामाङले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन् ।

advertisement

तामाङले सामाजिक सञ्जालमा लेख्दै ‘भनेपछि ससुराबा र भान्जाले नाम फिर्ता लिन मानेनन् ? आफ्नै रगतको भाइका ससुरा आफ्नै ससुरा पर्छन् कि पर्दैनन् ?’ भन्दै प्रश्न उठाएकी छन् । साथै उनले ‘नाताले भान्जा पर्ने व्यक्ति आफन्त हो कि होइन ?’ भन्दै घिसिङको निर्णयमाथि थप प्रश्नसमेत गरेकी छन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com