काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच भएको समायोजन कार्यक्रममा देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै दलमा प्रवेश नगरेको बताएका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा भएको एकता समायोजन कार्यक्रममा चौधरी मञ्चमै देखिएका थिए । तर, नागरिक उन्मुक्ति दलबाट सांसदमा विजयी चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको बताए ।

advertisement

‘आफ्नो निर्वाचन क्षेत्रको सडक र पुलका योजना निर्माणका लागि मन्त्री कुलमान घिसिङलाई पहिलेदेखि भेट्न खोजिरहेको थिएँ,’ सांसद चौधरीले भने, ‘हिजो रास्वपाको कार्यक्रममा पुगेका साथीहरूले कुलमान कार्यक्रममा आउने जानकारी दिएपछि उहाँलाई नै भेट्न म पनि राष्ट्रियसभा गृहमा पुगेको थिए । तर, रास्वपा प्रवेशको सूचीमा नाम राखिदिए । म पनि झुक्किएर मञ्चसम्म पुगेको थिएँ । तर, म रास्वपमा प्रवेश गरेको छैन ।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन् । उक्त एकताबारे पनि आफूलाई कुनै जानकारी नरहेको सांसद चौधरीले बताए । ‘मिडियामा अध्यक्षज्यूको हात मिलाएको फोटो देखेको थिएँ,’ सांसद चौधरीले भने, ‘त्योबाहेक हामीलाई कुनै परिपत्र भएको छैन । अहिले पनि हामी नागरिक उन्मुक्तिकै बोर्डमुनि छौँ ।’

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा विजयी भएका थिए । उनीसँग सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद छन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com