काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको मागको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले पार्टीका विधिसम्मत निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिसँग रहेको उल्लेख गरे। उनका अनुसार कार्यसम्पादन समितिले यसअघि नै विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ।
निधिले भने, ‘विशेष महाधिवेशनको अहिले कुनै आवश्यकता छैन। पार्टीको नियमित र विधिसम्मत महाधिवेशन २०८३ साल वैशाख २८, २९ र ३० गते सम्पन्न हुनेछ।’
उनले निर्धारित कार्यतालिकाअनुसार हुने महाधिवेशनबाट नै पार्टीका सबै राजनीतिक तथा सांगठनिक विषय समाधान हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया