तुँदी कन्स्ट्रक्सनको लापरवाही:

राज्यको मौनता, तुँदीको मनपरी: ६ बर्ष देखी अलपत्र नयाँ संसद भवनको पुन: म्याद थपको तयारी !

नेपालको सबै भन्दा विवादित र भ्रष्ट निर्माण कम्पनीको रुपमा चर्चित 'तुँदी कन्स्ट्रक्सन' ले तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का हात पारेको थियो।



काठमाडौँ । तुँदी कन्स्ट्रक्सनको लापरवाहीले आगामी निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तयार नहुने निश्चित भएको छ ।

नेपालको सबै भन्दा विवादित र भ्रष्ट निर्माण कम्पनीको रुपमा चर्चित ‘तुँदी कन्स्ट्रक्सन’ ले तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का हात पारेको थियो। तर, संसद् भवन निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि नयाँ संसद भवन निर्माण हुनसकेको छैन्।

advertisement

पाँचौँ म्याद सकिँदासम्म निर्माण सम्पन्न हुन नसकेको यो भवन निर्माणमा अब छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको छ । उक्त विवादित कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्न थप ९ महिना समय माग्दै म्याद थपका लागी निवेदन दिएको छ।

गत कात्तिक ८ गते निर्माणाधीन सांसद भवनको निरीक्षण गर्दै सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका थिए । उनले तत्काल राष्ट्रियसभा र फागुन २१ गते हुने निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालनका लागि भवन आवश्यक भएको भन्दै म्यादभित्र निर्माण सम्पन्न गर्न ठेकेदारलाई अल्टिमेटमसमेत दिएका थिए । त्यतिबेला यसकाे भौतिक प्रगति ८७ प्रतिशत थियो । त्यसयता करिब साढे दुई महिना बित्दा पनि १ प्रतिशतजति पनि काम भएको छैन।

संसद भवन निर्माणमा अझै १२ प्रतिशत काम बाँकी छ । उक्त काम सम्पन्न गर्न पुनः म्याद थप्न निर्माण कम्पनी तुँदीले निवेदन दिएपछि म्याद थपको तयारी भइरहेको जनाइएको छ ।

तुँदीले नयाँ संसद भवन निर्माणमा मात्र नभई देशैभरका अधिकांश  ठेक्कामा लापरबाही गरेको भन्दै उक्त कन्स्ट्रक्सन कम्पनीलाई कालो सुचिमा राख्नु पर्ने माग समेत बढ्न थालेको छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com