काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताए।

उनले पार्टीको कामले भारत भ्रमणमा गएको दाबी गर्दै त्यस क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए।

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे।

उनले भने, ‘गठबन्धनको केही पनि कुरा भएको छैन। भेटघाट त विभिन्न कामका लागि हुन्छ तर कुनै गठबन्धन भएको छैन, हुँदैन पनि। हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुईचोटी गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनु पर्दैन। हामी डराएका पनि छैनौँ।’

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com