काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने अधिकतम खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम र दुर्गम जिल्ला अनुसार फरक-फरक खर्च सीमा निर्धारण गरेको छ।

आयोगका अनुसार:

advertisement
  • काठमाडौँका पाँच निर्वाचन क्षेत्र (१, ३, ६, ७, ८) का उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन्।
  • १७ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु २७ लाख,
  • ६५ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु २९ लाख,
  • ५२ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु ३१ लाख, र
  • २६ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु ३३ लाख खर्च गर्न पाउनेछन्।

निर्वाचन खर्च तोकिएको सीमा भित्र गर्नुपर्छ र प्रतिनिधिसभा सदस्य ऐन अनुसार, निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com