काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। पार्टीले गठबन्धनमार्फत पाएको सात सिटमध्ये हालसम्म छ सिटका लागि उम्मेदवार तय गरेको हो भने मधेश प्रदेशबाट एक जनाको नाम अझै निर्णय हुन बाँकी छ।

राष्ट्रियसभा निर्वाचनमा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल भएको छ। सो तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ।

advertisement

प्रदेशगत रूपमा एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयको बैठकमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम अन्तिम रूप दिएका हुन्। मधेश प्रदेशबाट उम्मेदवार चयनका विषयमा भने आन्तरिक छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ।

यसैबीच, निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम तय गरेको छ। आयोगका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com