सुर्खेत । जेन–जी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन–जी आन्दोलनमा अग्रणी भूमिकामा सक्रिय देखिँदै आएका छन् । उनी राप्रपाको केन्द्रीय सदस्यसमेत हुन् ।
यसै निर्वाचन क्षेत्रका लागि राप्रपाले भूपेन्द्रबहादुर देवकोटाको नाम पनि सिफारिस गरेको छ । तर युवामाझ लोकप्रियता बनाएका हमालले टिकट पाउने सम्भावना बलियो देखिएको छ ।
सुर्खेत–१ मा एमालेबाट ध्रुव शाही, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र नेकपाबाट जीतबहादुर रानालाई उम्मेदवार बनाइएको छ ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












प्रतिक्रिया