काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।

मंगलबार र बुधबार बसेको उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गराएका छन् । उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उनले बैठक बहिष्कार गरेको बताएका हुन् ।

शर्माका अनुसार उम्मेदवारी छनोटका लागि स्पष्ट मापदण्ड तय नगरी पुरानै शैलीमा ६०–४० को भागबण्डाका आधारमा नाम टुंग्याउने प्रक्रियाको साक्षी बन्न आफू तयार नभएको उनले कार्यवाहक सभापति खड्कालाई स्पष्ट पारेका थिए ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार मंगलबार र बुधबारको बैठकमा महामन्त्री शर्मा अनुपस्थित रहे । कांग्रेसले भने पार्टीभित्रको भागबण्डाका आधारमा राष्ट्रियसभा उम्मेदवार टुंग्याएको बताइएको छ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com