काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।

मंगलबार र बुधबार बसेको उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गराएका छन् । उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उनले बैठक बहिष्कार गरेको बताएका हुन् ।

advertisement

शर्माका अनुसार उम्मेदवारी छनोटका लागि स्पष्ट मापदण्ड तय नगरी पुरानै शैलीमा ६०–४० को भागबण्डाका आधारमा नाम टुंग्याउने प्रक्रियाको साक्षी बन्न आफू तयार नभएको उनले कार्यवाहक सभापति खड्कालाई स्पष्ट पारेका थिए ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार मंगलबार र बुधबारको बैठकमा महामन्त्री शर्मा अनुपस्थित रहे । कांग्रेसले भने पार्टीभित्रको भागबण्डाका आधारमा राष्ट्रियसभा उम्मेदवार टुंग्याएको बताइएको छ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com