काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चुनावी निर्णय सार्वजनिक गरेका हुन्।

सुनसरी–१ धरान उपमहानगरपालिका समेटिएको निर्वाचन क्षेत्र हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यहाँ जनता समाजवादी पार्टीका अशोक राईले एमालेको समर्थनमा प्रतिस्पर्धा गर्दै १७ हजार ५९ मतसहित झिनो अन्तरले जित हात पारेका थिए।

advertisement

त्यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थानमा रहँदै गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन्। उनी राईभन्दा केवल ४५३ मतले पछि परेकी थिइन्। कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका मुक्सामहाङ सुब्बा १३ हजार ८७ मतसहित तेस्रो भएका थिए।

यस्तै, राप्रपाका उम्मेदवार अशोक कुमार राईले ७ हजार ८८४ मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले ७ हजार ८१२ मत प्राप्त गरेका थिए।

आफ्नो उम्मेदवारी घोषणा गर्दै साम्पाङले फेसबुकमा लेखेका छन्, “म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु। जय माटो ! जय देश !”

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com