काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीनवटै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले मन्त्री पदमा रहँदै दलीय गतिविधि र निर्वाचनको तयारी थालेको भन्दै आलोचना बढेपछि राजीनामा दिने निर्णयतर्फ अग्रसर भएका हुन्।

कुलमान निकट एक नेताका अनुसार राजीनामाबारे आन्तरिक छलफल भइरहेको छ र सम्भवतः छिट्टै उनले मन्त्री पद त्याग्नेछन्। सरकारमा सहभागी रहँदै राजनीतिक दलको तर्फबाट चुनावी गतिविधिमा सक्रिय भएको आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिन लागिएको बताइएको छ।

advertisement

घिसिङ भदौ ३० गते ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त भएका थिए। तर मन्त्री बनेपछि नै उनी निर्वाचन केन्द्रित गतिविधिमा लागेको भन्दै सत्ता पक्ष र विपक्षी दुवैबाट आलोचना हुँदै आएको थियो।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै राजनीति वा निर्वाचनमा सक्रिय हुने मन्त्रीहरूले पदमा बसिरहन नहुने स्पष्ट निर्देशन दिएकी थिइन्। कुलमानले आगामी निर्वाचन लड्ने निश्चित भइसकेकाले सोही निर्देशनअनुसार राजीनामा दिएर चुनावी तयारीमा लाग्ने तयारी गरेको उनको निकट स्रोतले जनाएको छ।

राजीनामाको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com