काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्।

मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

advertisement

जेनजी आन्दोलनपछि गठित सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

बालुवाटारबाट फर्किएपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

निर्वाचन गराउने मुख्य कार्यादेशसहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको भन्दै जनस्तरबाट प्रश्न उठ्न थालेपछि राजीनामाको प्रसंग आएको हो।

अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण भएपछि पार्टीको वरिष्ठ उपसभापति बनेका थिए।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com