काठमाडौ काठमाडौको शङ्खरापुर नगरपालिका३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दि। मृतकको सनाखत हुन सकेको छैन

advertisement

यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उले बता

साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो दुर्घटनामा २२ जना घाइते भएका छन् उनीहरूको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ

उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com