काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन कार्यक्रमअनुसार बुधबार सातै प्रदेश राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता सम्पन्न भएको छ। कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ। त्यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली सार्वजनिक गरिनेछ भने पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया