काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ। बुधवार साँझ, स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, र पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।
दुर्घटनामा परेर घाइते भएका २३ जनाको उपचार भइरहेको छ भने चारजना उपचारपछि डिस्चार्ज भएका छन्, जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दुर्घटना भएको बसमा पिकनिकमा गएका यात्रुहरू, नेचर हब कम्पनीसँग आबद्ध थिए।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया