काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनलाई सफल पार्न सक्रिय भएको छ।

पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरू हुने काठमाडौं जिल्ला समितिले जानकारी दिएको छ।

advertisement

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिहरू कुपण्डोल र हनुमानस्थानमा भेला भई बाजागाजा र झाँकीसहित र्‍याली निकाल्दै भृकुटीमण्डप पुग्नेछन्।

जिल्ला सभापति श्रेष्ठले विशेष महाधिवेशनमा सबै प्रतिनिधि तथा सदस्यहरूको अनिवार्य उपस्थिती र सक्रिय सहभागिताको अपिल पनि गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘२०८२ पौष २७ र २८ गते काठमाडौँ भृकुटीमण्डपमा हुँदै गरेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा ललितपुर जिल्लाका सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।’

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com