काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन्। बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताएका छन् । उनले विशेष महाधिवेशन बाध्यकारी भएकाले यो वैधानिक रहेको बताए।

उनले अहिलेको नेपाल भदौ २४ अघिको नभएको भन्दै नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए। विशेष महाधिवेशन हस्ताक्षर गर्ने र नगर्ने सबैको भएको बताए।

advertisement

उनले भनेका छन्, ‘नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढंगले अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बीचमा भइरहेकोे छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुछ ।’

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com