काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको मतभेदका बीच नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध राख्न सभापति शेरबहादुर देउवालाई पहल गर्न आग्रह गरेका छन्। बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा उनीहरूले पार्टी एक ढिक्का रहनुपर्ने आवश्यकता औँल्याएका हुन्।

भेटपछि डा. रिजालले पार्टीभित्रको असहमतिलाई संवादमार्फत समाधान गर्दै एकता कायम गर्न सभापतिलाई सुझाव दिएको बताए। पार्टी एकताबद्ध रहनु नै मुख्य उद्देश्य रहेको उनको भनाइ थियो। साथै, विशेष महाधिवेशनको माग गर्ने पक्षले पनि सन्तोषजनक ढंगले काम गरिरहेको अवस्था नभएको टिप्पणी उनले गरे।

advertisement

डा. रिजालले आफूहरू कुनै पक्षको समर्थन वा विरोधमा नरहेको स्पष्ट पार्दै पार्टी हितलाई केन्द्रमा राखेर सुझाव दिएको बताए। कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि विवाद चर्किएको छ। तर केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गरेको छ।

दुवै धार आ–आफ्नो अडानमा अडिग रहेका बेला डा. कोइराला र डा. रिजालले सभापति देउवालाई मध्यस्थ भूमिका खेल्दै पार्टीलाई एकताबद्ध राख्ने पहल गर्न आग्रह गरेका हुन्।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com