मोरङ । मोरङको लेटाङ नगरपालिका–९, जाँतेस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक, पथरी–शनिश्चरे नगरपालिका–१० बस्ने ३२ वर्षीय विजय गुरुङ घाइते भएका थिए। उनलाई तत्काल विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन् र उनी अहिले सोही अस्पतालमा उपचाररत छन्। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरू गरेको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया