काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्रीको विशेष महाधिवेशन मागका कारण पार्टीभित्र देखिएको विवादले राष्ट्रिय सभाको निर्वाचनमा समेत हानि हुन सक्ने देखिएको छ।
यसको मार गठबन्धन गरेका नेकपा एमाले र जनता समाजवादी पार्टीलाई पर्न सक्ने आँकलन गरिएको छ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेकाहरु खल्तीबाट निकालिएको भनी नोट अफ डिसेन्ट लेखेका छन् भने विशेष महाधिवेशनमा सहभागी हुने बताइसकेका छन्।
दुई महामन्त्री एमालेसँगको गठबन्धन पनि गर्न नहुने पक्षमा मत राख्नेमा पर्छन्। यस्तो बेला पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि बिशेष महाधिवेशनसँगै राष्ट्रिय सभा मतदानमा प्रभाव समेत पर्नेछ।
‘पार्टीका नेताका खल्तीका मान्छे ल्याउने विषयले नै विवाद भैसकेको छ। यहि बेला विशेष महाधिवेशन पनि छ। एकमतले एमालेसँगको गठबन्धन गर्न हुन्न भन्ने निधो छ’, एक नेता भन्छन्।
थापा र शर्मा पक्षधर स्थानीय र प्रदेशका जनप्रतिनिधिले मतदान नगरेको खण्डमा कांग्रेसका उम्मेदवारलाई त प्रभाव बनाउँछ नै गठबन्धन गरी ८ सिट मात्र लिएको एमालेलाई हानि हुने लगभग निश्चित छ।
कांग्रेस, एमाले र जसपाले १८ सिटका लागि हुने राष्ट्रिय सभामा ९, ८ र १ सीटको बाँडफाँट गरी गठबन्धन गरेका थिए।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया