नेपालगञ्ज ।  द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए ।

उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए । “छोटी भन्सार सञ्चालन गर्दा इमान्दार रुपमा व्यवसाय गर्नेलाई लाभ हुन्छ र अवैध काम रोकिन्छ”, धामीले भने । उनले छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेको बताए ।

advertisement

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले विभिन्न नाकाबाट छोटी भन्सार सञ्चालनको माग आए पनि तत्काल सञ्चालन नीति नआएको जानकारी दिए। उनले छोटी भन्सारबाट व्यापारमा विकृति भित्रिएको उल्लेख गर्दै बरु भएका भन्सारलाई सुदृढीकरण गरेर लैजाने सरकारको नीति भएको बताए।

छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् भने केहीको भवन नै थिएन । यी भन्सारबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन ।

नरैनापुर, खडैचा, साइगाउँमा छोटी भन्सार रहेका भवन हाल भत्किएर काम नलाग्ने अवस्थामा छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रको बाटोबाट खुलेआम तस्करी हुने गरेको बताए ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com