काठमाडौं । प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी बिहीबार (पुस २४) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
मध्यपुर थिमि–२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया