काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ।
फिल्म छायांकनका लागि बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए। प्रचण्डको सचिवालयका अनुसार प्रचण्डकी नातिनी स्मिता दाहालको पहलमा दुवैबीच भेट भएको हो।
भेटका क्रममा के विषयमा कुराकानी भयो भन्ने विषय भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया