काठमाडौं  । गोरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान ११ बजेतिर श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर अस्पतालले दिउँसो १ः४० बजे मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

advertisement

“शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उनले भने, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा गर्यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com