काठमाडौँ। पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडकमा आज (शुक्रबार) मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ

रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जानकारीअनुसार, गेझा बर्दलेबाट रामपुरको बेझाड जाँदै गर्दा लु७८प २८०७ नम्बरको मोटरसाइकलले ठकुरीलाई ठक्कर दिएको थियो।

advertisement

गम्भीर घाइते ठकुरीलाई तत्काल रामपुर अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए।

ठक्कर दिने मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि बसिरहेका २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएका छन्। उनीहरूलाई रामपुर अस्पतालमा प्राथमिक उपचारका पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेन पठाइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com