काठमाडौं। नेपाली कांग्रेसमा तेस्रो धार सक्रिय रूपमा छलफलमा जुटेको छ। पुस २७ गतेदेखि महाधिवेशन गर्ने पक्ष र चुनाबपछि मात्र महाधिवेशन गर्ने संस्थापन पक्षबीच टक्कर परेका बेला कांग्रेसमा तेस्रो धार सक्रिय भएको हो।

यो समूह चुनाबभन्दा अगाडि नै महाधिवेशन गर्ने तर विशेष नभइ नियमित नै महाधिवेशन गर्ने पक्षमा छ ।

advertisement

२५ केन्द्रीय सदस्यहरूको यो समूह अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ। यो समूहले सभापति शेरबहादुर देउवा र अर्को समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको छ।

तेस्रो धारका २५ केन्द्रीय सदस्य अहिले ललितपुरको कुपण्डोलमा छलफलमा छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com