काठमाडौं । नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू उपस्थित भएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो । त्यहीअनुसार पार्टी कार्यालयका कर्मचारीले बिहानैदेखि कांग्रेस बिटका पत्रकारलाई खबर गरिरहेका थिए ।

advertisement

तर, नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले विभाजनलाई बल पुर्‍याउने भन्दै यो अडान राख्ने नभई वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बेला भएकोले नआउने बताएपछि पत्रकार सम्मेलन नै स्थगित गरिएको स्रोतले बतायो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको डिलमा छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com