काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हो ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भूकम्पले थिलोथिलो भएको सिंहदरबार पूरानै स्वरुपमा पुनःनिर्माण गर्ने को हो र त्यसलाई जलाउने को हो भनेर अब प्रश्न गरिनुपर्ने मत राखेका छन् ।

भुकम्पपछि सिंहदरबारको पुनःनिर्माण गर्दा प्रधानमन्त्री केपी शर्मा ओली देशको प्रधानमन्त्री थिए । गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाईएको थियो । यहीबारे महासचिव पोखरेलले फेशबुकमार्फत प्रश्न सोधेका हुन् ।

advertisement

उनले भनेका छन्–‘अव प्रश्न गरौः भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com