काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणले मात्र मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीको हैसियतमा आफू विदेश जान इच्छुक नभएको घोषणा गरेका छन्।

मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको भए पनि नगएको बताए। हालै पनि उनलाई दुई वटा नयाँ निमन्त्रणा प्राप्त भए पनि उनले सहभागी नहुने स्पष्ट पारेका छन्।

advertisement

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि कुनै ठोस प्रगति हुने छैन, किनभने काम गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र सुधारिन्छ?’

मन्त्री पुनले इजरायलको जेरुसलेममा फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रिस्तरीय बैठक र साउदी अरेबियामा मे ३–४ तारिख हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताको निमन्त्रणा पत्र पनि सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com