काठमाडौं  ।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजे छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा जिप दुर्घटनामा परेको हो।

छेडागाड नगरपालिका–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

advertisement

दुर्घटनामा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिप दुर्घटनामा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। उनीहरूलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com