काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिष्कार गरेका छन्।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकमा दुवै महामन्त्री अनुपस्थित रहेको नेताहरूले जानकारी दिएका छन्।

advertisement

केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको बैठकमा थापा र शर्माको सहभागिता नदेखिएको हो।

यसैबीच, महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छन्। उनीहरूले यही महिनाको २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com