काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता घनश्याम भूसालले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनका लागि शुभकामना दिएका छन्।

महामन्त्रीद्वयले घोषणा गरेको विशेष महाधिवेशन सफल भए त्यसले नेपाली राजनीतिमा दूरगामी महत्व राख्ने उल्लेख गर्दै भूसालले सफलताको कामना गरेका हुन्।

advertisement

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भूसालले लेखेका छन्, ‘नेपाली कांग्रेसलाई कांग्रेसीहरूकै पार्टी बनाउन सकिए कम्युनिस्ट पार्टी पनि कम्युनिस्टहरूकै हुनुपर्ने बाध्यता स्वतः सिर्जना हुन्छ। बीच सडकमा दिनदहाडै भइरहेका तथाकथित विचारहरूको खुलेआम खरिद–बिक्री रोकिनेछ। त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ। कम्तीमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ। शुभकामना।’

पूर्वमन्त्रीसमेत रहेका भूसालले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुने नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको आन्तरिक विषय भए पनि, यदि यसले नेपाली राजनीतिको ‘मधुशाला’ भत्काउन सके वर्तमान गतिरोध अन्त्य गर्न असाधारण योगदान पुग्ने धारणा व्यक्त गरेका छन्।

गगन–विश्वप्रकाशको नेतृत्वमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन आयोजना हुँदैछ। तर पार्टीको संस्थापन पक्षले भने उक्त महाधिवेशनलाई अस्वीकार गरेको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com