एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् ।

ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन ।’

advertisement

उनले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यदि उनीहरूले फेरि मानिसहरू मार्न थाले भने हामी कारबाही गर्नेछौं । हामी त्यहीँ प्रहार गर्नेछौं, जहाँ उनीहरूलाई सबैभन्दा बढी पीडा हुन्छ ।’

उनले उक्त कारबाही सैन्य हस्तक्षेप नहुने बताएका छन् । इरानमा पछिल्ला १३ दिनदेखि सरकारविरोधी प्रदर्शन जारी छ । प्रदर्शन हिंसात्मक बन्दा धेरैले ज्यान गुमाएका छन् ।

मानवअधिकार समूहहरूका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com