एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनाका बेला बसमा करिब ४५ जना यात्रु सवार थिए।
सिरमौरका एसडीएम सुनील कुमार कैथले दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन भने घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार













प्रतिक्रिया