काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता प्रयास असफल भएको छ। शनिबारसम्म जारी दुई पक्षीय छलफलमा सहमति जुट्न नसक्दा योजना टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिएका छन्।

रास्वपाका स्रोतका अनुसार कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले वरिष्ठ उपसभापतिसहित पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव राखेपछि एकता भंग भएको हो।

advertisement

ती नेताले भने, ‘वरिष्ठ उपसभापति मागिएको थियो। पूर्वसहमति अनुसार पछि हट्ने कुरा भएन र पार्टीको नाम परिवर्तनको प्रस्ताव पनि आयो। महामन्त्रीको प्रस्ताव समेत अघि आयो। यसमा सहमति नभएकोले एकता असफल भयो।’

तीन नेताका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसहितका पछिल्ला छलफलहरूमा पनि सहमति जुट्न सकेको थिएन। ऊर्जा मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए।

राजीनामा दिने क्रममा कुलमानले आफू कुनै पनि पार्टीको सदस्य नभएको र रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणसम्म नपुगेको बताए।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com