काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मामाथि कडा टिप्पणी गरेका छन्।

शनिबार शर्माको गृहजिल्ला रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले धोका दिएपछि साथ दिन नसकिने स्पष्ट पारे। उनले भिरबाट खस्नेलाई ‘रामराम’ मात्रै भन्न सकिने तर काँध थाप्न नसकिने टिप्पणी गरे।

advertisement

प्रचण्डले भने, गोपाल शर्मा यहाँका युवा नेता हुनुहुन्छ, उहाँ स्थापित भइसक्नुभएको छ। हिजो प्रभाकरले गल्ती गर्दा पनि छुट दिने उहाँ नै हो। तर धोका दिएपछि उहाँले पनि कति काँध थाप्न सक्नुहुन्थ्यो र? भिरबाट खस्नेलाई रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।’

उनले आगामी निर्वाचनमा रुकुम पश्चिमबाट गोपाल शर्मालाई भारी मतले जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com