काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ। साथै स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा तथा ओमानी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध गराएकाे छ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया