काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार आज दिल्लीस्थित आफ्नै निवासमा तामाङको निधन भएको हो।
‘इन्डियन आइडल’को उपाधि जितेर व्यापक चर्चा कमाएका तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय कलाकारका रूपमा चिनिन्थे। उनले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ निकै रुचाइएका छन्।
संगीतसँगै अभिनय क्षेत्रमा समेत सक्रिय तामाङले सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए। उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रले एक चर्चित र प्रतिभाशाली कलाकार गुमाएको छ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया