काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री कार्की सरिक भई पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् ।

advertisement

सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणलगायतको पनि उपस्थिति थियो।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com