काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका छन्।
कांग्रेस नेता शेखर कोइरालासँग नजिक रहेका भण्डारी र शर्मा केही दिनयता विशेष महाधिवेशनप्रति सकरात्मक दृष्टिकोण देखाइरहेका थिए। यद्यपि उनीहरू यसअघि औपचारिक रूपमा महाधिवेशनको पक्षमा खुलेका थिएनन् र केवल सकारात्मक संकेत मात्र दिइरहेका थिए।
महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेपछि दुवै नेताले औपचारिक रूपमा उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया