काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको भृकुटीमण्डपमा जारी रहेको छ। सचिवालयका अनुसार दिउँसो ३ बजेसम्म करिब १ हजार ७ सय महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरिसकेका छन्। बिहान ८ बजेदेखि नाम दर्ताको प्रक्रिया सुरु गरिएको हो।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार महाधिवेशन स्थलको मूल गेट नजिकै राखिएको स्टलबाट प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ। नाम दर्ताका लागि शुल्क एक हजार रुपैयाँ तोकिएको छ। स्थलमा पुगेका प्रतिनिधिहरूले क्रमशः नाम दर्ता गरी परिचयपत्र (कार्ड) प्राप्त गरिरहेका छन्।

advertisement

पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गर्दै पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गरेका थिए। सोही मागअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यद्यपि संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ।

विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com