काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत हासिल गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने बताएका छन्।

आइतबार जेनजी रेडफोर्सद्वारा आयोजित ‘जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले पार्टीको प्रमुख लक्ष्य निर्वाचनमार्फत बहुमत प्राप्त गर्नु रहेको स्पष्ट पारे। बहुमत आएपछि वैज्ञानिक समाजवादतर्फ देशलाई अघि बढाउने सरकार निर्माण गरिने उनको भनाइ छ।

खनालले सम्पूर्ण नेपाली जनताको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने दाबी गर्दै पार्टीका उम्मेदवारलाई जिताउन देशभर संगठन सुदृढीकरण र तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com