काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रता जोगाउन जनताको एकता अपरिहार्य रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरका सबै देशभक्त नेपालीबीच एकता आवश्यक रहेको उल्लेख गरे। राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकारलाई सुदृढ बनाउन सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबीसमेत गरे।

advertisement

कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकले हासिल गरेका राजनीतिक उपलब्धिको संरक्षण आवश्यक रहेको बताए। उनले ती उपलब्धि जोगाउन लोकतान्त्रिक शक्तिसँगै बाँकी रहेका वामपन्थी शक्तिहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com